Banking Khabar
ब्यानर न्युज

चौतर्फी दबाबपछि रिहा भइन् रामकुमारी झाँक्री

February 11, 2021
सेयर:

काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षकी नेतृ रामकुमारी झाक्रीलाई प्रहरीले रिहा गरेको छ।

बिहीबार दिउँसो १ बजे शंखमूलस्थित निवासबाट पक्राउ परेकी नेतृ झाक्रीलाई बिहीबार साँझ प्रहरीले रिहा गरेको हो। प्रहरीको अपराध अनुसन्धान महाशाखाले राज्यबिरुद्ध अभियोगमा नेतृ झाक्रीलाई बिहीबार दिउँसो पक्राउ गरेको थियो।

नेकपा, कांग्रेसलगायत मुख्य दलहरुका प्रमुख नेताहरुले झाक्री पक्राउको विरोध गर्दै तत्काल रिहाइको माग गरेका थिए। नेतृ झाक्रीले गोरखामा भएको एउटा सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबिरुद्ध लाञ्छना लगाएको भन्दै उनलाई पक्राउ गरिएको हो।