Banking Khabar
ब्यानर न्युज

गगन थापाको टिप्पणी’अदालत प्रधानमन्त्रीको धम्कीसँग नडराओस्,प्रचण्ड र केपी ओलीको सभा नहेरोस्’

shilalekha
shilalekha
प्रकाशित: February 15, 2021
February 15, 2021
सेयर:

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीले केपी शर्मा ओलीले संविधानअनुरूपको शासन नभई सेटिङको शासन गर्न चाहेको आरोप लगाएका छन् ।

चितवनको भरतपुरमा पार्टीले गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले, राष्ट्रपतिसँग जस्तै सेटिङ अदालतसँग पनि गर्न सकिन्छ कि भनेर प्रधानमन्त्रीले प्रयास गरिरहेको भन्दै उनले असफल हुने दाबी गरे। ‘अब धेरै दिन छैन संसद पुनर्स्थापना हुन, उहाँले ठूलो खर्च गरेर दमकमा भ्यू टावर बनाउनु भएको छ विचरण गर्न त्यहीँ पठाउने हो,’ थापाले भने, ‘मेरो अदालत प्रधानमन्त्रीको धम्कीसँग नडराओस्, मेरो, प्रचण्डको र केपी ओलीको सभा नहेरोस्, संविधानको किताब हेरेर हिम्मत गरोस्, हामीले भनेको यत्तिमात्रै हो।’

प्रधानमन्त्रीले मेरो सनकलाई अदालतले सदर गर्छ मैले सब मिलाएको छु भन्ने ठानेको भन्दै थपे, ‘अदालतले देखाइदियोस् तपाईंले राष्ट्रपति मिलाएजस्तो नेपालको अदालत मिलाउन सम्भव छैन भनेर।’

प्रधानमन्त्रीले विगतमा महाराजाहरू सवारीका क्रममा भीड देखेर दंग परेजस्तै मख्ख परेको भन्दै नेता थापाले प्रधानमन्त्री सभा केबल हाँस्य कलाकार भनेर सुन्न आएको बताए।

प्रधानमन्त्रीको सनकका कारण ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा ‘सन्की प्रधानमन्त्री, अस्तव्यस्त नेपाल’ बनेको टिप्पणी गरेका छन्। थापाले सन्की प्रधानमन्त्रीका कारण ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा असफल भएको दाबी गरे।

‘यो तीन वर्षको अवधिमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा ‘सन्की प्रधानमन्त्री,अस्तव्यस्त नेपाल’ मा परिणत भयो,’ उनले भने, ‘जनतालाई दिएको नारा असफल भएपछि प्रधानमन्त्री पशुपतिनाथ र राम मन्दिर भन्दै हिँड्नु भएको छ।’