Banking Khabar
कला-साहित्य

सुरक्षा दिन नसक्ने राज्यको के सार हुन्छ सरकार !

February 16, 2021
सेयर:

गजल

हरेक पटक यहाँ छोरीमाथि प्रहार हुन्छ सरकार
यो देशमा न्यायलय किन लाचार हुन्छ सरकार

निर्मला र भागिरथी भट्टका हत्यारा कहाँ छन्
बलात्कार र हत्या किन बारम्बार हुन्छ सरकार

अभिभावकले सधैं नै कर तिरेका छन् राज्यलाई
सुरक्षा दिन नसक्ने राज्यको के सार हुन्छ सरकार

सरकार किन निरीह बन्दैछ हरेक पटक यो देशमा
हाड घोटेर कर तिर्नेहरुलाई अब भार हुन्छ सरकार

भनी देऊ हामी छोरीको सुरक्षाको दायित्व कसको
होइन भने देशमा अब तिम्रै प्रतिकार हुन्छ सरकार ।

✍️सुदीक्षा सिंह
कक्षा-११
रोजी बड्स मा.वि.
लमही,दाङ