Banking Khabar
अर्थतन्त्र

हवाई इन्धनको भाडा प्रतिलिटर ५ रुपैयाँले बढ्यो

March 4, 2021
सेयर:

काठमाडौं । हवाई इन्धनको मूल्य वृद्धिपछि फेरि विमान सेवा प्रदायकहरूले हवाई भाडा बढाएका छन् ।

नेपाल वायु सेवा सञ्चालक संघले नेपाल आयल निगमले हवाई इन्धनको भाडा प्रतिलिटर पाँच रुपैयाँ बढाएकाले सोही अनुसार फ्युल सरचार्ज समायोजन गरेको बताएको छ ।

यसअघि फागुन ८ मा पनि हवाइ भाडा बढेको थियो । निगमले फेरि फागुन १७ मा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । हवाई सेवाको बढेको भाडा भोलि ‘शुक्रबार’ देखि लागू हुनेछ ।