Banking Khabar
ब्यानर न्युज

आजदेखि ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा सर्वसाधारणले आवेदन दिन सक्ने (विवरणसहित)

March 4, 2021
सेयर:

काठमाडौं । आईपीओ निष्कासनको भिडमा फेरि सर्वसाधारण नागरिकले अर्को आईपीओ भर्ने अवसर पाएका छन् ।

आजशुक्रबार अर्थात फागुन २१ गतेदेखि सर्वसाधारण लगानीकर्ताले ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ भर्न पाउने भएका छन् । १०० रुपैयाँ अंकितदरमा कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ बिक्री विक्री खुल्ला गरेको छ ।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ।

कम्पनीले सर्वसाधारणको लागि कति कित्ता आईपीओ बिक्री गर्ने ? 

सर्वसाधारणले ५९ लाख ४० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो।

कति कित्ताको लागि दिने आवेदन ? 

सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कहिलेसम्म आवेदन दिन पाइने ? 

कम्पनीले निष्कासन गर्न लागेको आईपीओमा अब लगानीकर्ताले फागुन २१ गतेदेखि फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

कहाँबाट दिने आवेदन ? 

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको वित्तीय अवस्था कस्तो ? 

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।

आव्हानपत्र