Banking Khabar
ब्यानर न्युज

दुई वर्षपछि ‘विप्लव’ समूहमाथिको प्रतिबन्ध हट्यो,तीनबुँदे सहमति अनुमोदन

shilalekha
shilalekha
प्रकाशित: March 4, 2021
March 4, 2021
सेयर:

काठमाडौं । सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ ।

हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने, ‘दुबै वार्ता टोलीबीच भएको सहमति पनि अनुमोदन गरेका छौं ।’
सरकार र विप्लव पक्षबीच बिहीबार तीन बुँदे सहमति भएको थियो। सहमति अनुसार शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव चन्द काठमाडौंमा एउटै मञ्चमा देखिनेछन्।

२०७५ फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘विप्लव’ नेतृत्वको नेकपालाई आपराधिक समूहको संज्ञा दिँदै प्रतिबन्ध लगाएको थियो। सरकारले विप्लव नेतृत्वको नेकपालाई आपराधिक समूह घोषणा गर्दै नेता र कार्यकर्ता ‘जहाँ भेटिन्छन्, त्यहीँ पक्राउ गर्न’ निर्देशन दिएको थियो।

आपराधिक गतिविधिमा संलग्न, चन्दा आतंक, ज्यान जाने गरी भएको बम विस्फोटलगायतका घटनाले उक्त समूह कुनै राजनीतिक दल नभइ आपराधिक समूह भएको भन्दै सरकारले प्रतिबन्ध लगाएको थियो। सरकारले ‘विप्लव’ समूहलाई कुनै कार्यक्रम गर्न समेत नपाउने, जहाँ भेटियो त्यहीँ पक्राउ गर्ने, हतियारसहित देखापरे गोली हान्नेसम्मका आदेश सुरक्षा निकायलाई दिएको थियो।