Banking Khabar
खेलकुद

नयाँ टी–२० वरियता सार्वजनिक, नेपाल १५औं स्थानमा, अन्यको स्थान यस्तो

March 17, 2021
सेयर:

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नयाँ टी–२० वरियता सार्वजनिक गरेको छ।

जसमा नेपाल यथावत् रहन सफल भएको छ। आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत् रहेको हो।

नयाँ वरियतामा नेपाल १५औं स्थानमा रहेको छ। यसअघि पनि नेपाल १५औं स्थानमै थियो।

नेपालको टी–२० मा सर्वाधिक उच्च वरियता ११औं स्थान हो।

एसोसियट राष्ट्रमा नेपालभन्दा अघि स्कटल्याण्ड र युएई रहेका छन्।

स्कटल्याण्ड १४ र युएई १३औं स्थानमा छन्। इंग्ल्याण्ड टी–२० वरियताको शीर्ष स्थानमा कायमै छ।

यस्तै, भारत दोस्रो, अष्ट्रेलिया तेस्रो, पाकिस्तान चौथो र न्यूजिल्याण्ड पाँचौँ स्थानमा रहेका छन्।