Banking Khabar
अर्थतन्त्र

नबिल बैंक ‘हिरोज् अफ नेपाल’ शेफ सन्तोष साहलाई प्रदान

March 25, 2021
सेयर:

काठमाडौं। बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० का उपविजेता सन्तोष साहलाई नविल वैंकले हिरो अफ द इयर २०२१ घोषणा गरेको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रम गरी उपविजेता साहलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा न पाललाई चिनाउन सफल नेपालीहरुलाई सम्मान गर्न सुरु गरेको यस अभियानको दोस्रो संस्करणमा सम्मान गरिएको हो।
अन्तर्राष्ट्रिय जगतमा नेपाली खाना चिनाउन योगदान गरेको भन्दै नविल वैंकले बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० का उपविजेता सन्तोष साहलाइ हिरो अफ द इयर २०२१ घोषणा गरेको छ।

नेपाली स्वादको खानाजस्तो विश्वमा कुनै देशमा नभएकोले नेपाली खानालाई सबै होटल तथा रेष्टुरेन्टमा ब्रान्ड बनाएर अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता रहेको सेफ सन्तोष साहले भनाइ राखेका छन् । नेपाली को रगतमै सम्मान गर्ने संस्कार रहेको भन्दै यसलाई प्रवर्धन गर्न युवाहरु अग्रसर हुनुपर्ने भनाइ राखनुभयो । खानाको क्षेत्रलाई प्राथमिकता दिन सके नेपाललाई धेरै राम्रो बनाउन सकिने सेफ साहको भनाइ छ ।

नेपाली परिकारलाई प्रवर्धन गरेनौ भने विस्तारै खाना हराउने हुदा नेपाली खाना प्रर्वधनमा युवावर्ग यसको संरक्षणमा र लाग्नुपर्ने मिस नेपाल, २०१९ अनुष्का श्रेष्ठले बताइन् ।नेपाली पहिचान चिलाउने र व्यवसायलाई वृद्धि विकासका लागि बैंकले युवा व्यवसायीलाई सहयोग गर्ने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए ।

सिरहा जिल्लाको कर्जनाहामा जन्मिएका साह लामो समयदेखि बेलायतमा बस्दै आउनुभएको छ । बैंकले शेफ साहको गृहनगरमा ई–पुस्तकालय निर्माण गर्ने र ५ महिला विद्यार्थीहरुलाई छात्रवृत्ति दिने प्रतिवद्धता समेत जनाएको छ।