Banking Khabar
ब्यानर न्युज

जसपाका महन्थ र उपेन्द्र पक्षले निर्वाचन आयोगमा भने- हामीलाई अलग गरिदिनुस् !

shilalekha
shilalekha
प्रकाशित: July 6, 2021
July 6, 2021
सेयर:

काठमाडौ । जनता समाजवादी पार्टी जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले आफूहरूलाई अलग-अलग गरिदिन निर्वाचन आयोगलाई आग्रह गरेका छन्।

लामो समयदेखि अध्यक्षद्वय ठाकुर र यादव पक्षबीच विवाद छ। उनीहरूले एकअर्कालाई कारबाही गर्दै आयोगमा जानकारी पठाएका थिए।आयोगले दुबै पक्षका नेतालाई आज छलफलका लागि बोलाएको थियो।

उक्त छलफलमा सहभागी ठाकुर पक्षका नेता अनिल झाले मिलेर जानेबारे केहीबेर छलफल गरे पनि त्यो सम्भावना नदेखिएकोले अलग हुन हस्ताक्षर गरिएको बताए।

‘अब हामी मिलेर जान सकेनौं। हामीलाई अलग गरिदिनुस् भनेर माइन्युटमा सही ग

रेर आइसकियो,’ आयोग परिसरमा पत्रकारहरूसँग झाले भने, ‘उपेन्द्रजीबाट एकसाथ जान सकिँदैन भन्ने कुरा आयो।’आयोगमा आज भएको छलफलमा सहभागी दुबै तर्फका नेताहरूलाई आयोगले हस्ताक्षर गराएको थियो भने माइन्युट खडा गरेको झा बताउँछन्।

‘मिल्न नसकेकोले नियमअनुसार जाने भन्ने माइन्युटमा हस्ताक्षर गरिसकेका छौं,’ उनले भने। अध्यक्ष ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा गएको थियो। १९ दिनमै मन्त्रीहरू बिदा भएका थिए।

यस्तै ओली सरकारमा जान नहुनेमा अर्का अध्यक्ष यादव पक्ष थियो। यादव पक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर दिएको छ।