Banking Khabar
ब्यानर न्युज

बर्दिया राष्ट्रिय निकुञ्ज वरपर रहेका बस्ती स्थानान्तरण गरौं: सांसद गौतम

June 14, 2022
सेयर:

काठमाडौं। प्रतिनिधि सभा सदस्य सञ्जय कुमार गौतमले बर्दिया राष्ट्रिय निकुञ्ज वरपर रहेका बस्तीहरुलाई स्थानान्तरण गर्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै सांसद गौतमले बर्दिया जिल्लामा राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुबाट मानव बस्ती असुरक्षित बनेको बताए।

वन्यजन्तुको आक्रमणबाट वर्षेनी मानिसहरुको मृत्यु हुने गरेकाले निकुञ्ज वरपर रहेका बस्तीहरुलाई स्थानान्तरण गरिनुपर्ने सांसद गौतमको भनाइ छ। उनले मानिस र वन्यजन्तुबीच द्वन्द्व बढिरहको भएपनि सरकार गम्भीर नभएको बताए।

सांसद गौतमले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्नुपर्ने पनि बताए।