Banking Khabar
मुख्य समाचार

रवि लामिछानेको घरको छतबाट खसेर निजी चालक गम्भीर घाइते

April 17, 2023
सेयर:

विनोद थापा, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरको छतबाट खसेर उनका गाडी चालक गम्भीर घाइते भएका छन्।

सोमबार विहान ४ बजेतिर भरतपुर–११ स्थितमा लामिछानेको घरको छतबाट लडेर उनका निजी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भनिने दिलबहादुर थापा घाइते भएका हुन्।

उनको खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।

प्रहरीका अनुसार तनहुँमा चुनावी प्रचारप्रसार सकेर लामीछानेसहितको टोली आइतबार बेलुका चितवन आइपुगेका थिए।

लामिछाने साे घरको भुइँ तलामा सुतेका  थिए। दाेस्रो तलामा दीपक बाेहाेरा लगायत सुतेका थिए।  दिलबहादुर बिहान छतबाट खसेको अवस्थामा भेटिएका हुन्।

गम्भीर घाइते भएका दिलबहादुरको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको डिएसपी पण्डितले बताए।

लामिछानेसहितको टोली चुनावी प्रचारप्रसारका लागि आज बारा जाने कार्यक्रम थियो।