Banking Khabar
ब्यानर न्युज

शेरबहादुरले मात्रै होइन् रामचन्द्र पौडेलले पनि चुनाव जित्न जे पनि गरीराख्नुभएको छ:सुजाता कोइराला

September 29, 2020
सेयर:

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन फागुनमा हुन नसक्ने बताउनुभएको छ ।

कोइरालाले पार्टीको महाधिवेशन ३ महिना पनि सार्ने प्रस्ताव राख्नुभएको छ । यस्तै रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध दर्ता गराइएको विरोधपत्रमा समूहका तर्फबाट आफ्नो सहमति भएको बताउनुभएको छ ।

कोइरालाले कम्युनिस्ट सरकारसँग जुध्नु पर्ने वेलामा आफ्नै पार्टीभित्र विग्रह ल्याउनेगरी पौडेलले पार्टी कार्यालयमा दर्ता गरेको असहमतिपत्रप्रति आफ्नो गम्भीर असहमति रहेको बताउनुभएको छ ।

प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा नेतृ कोइरालाले पौडेल समूहका नाममा विरोध पत्रमा आफुले असहमति छ भन्दाभन्दै हस्ताक्षर समावेश गराएको बताउनुभयो , । कोइरालाले भन्नुभयो, ‘जीवन परियारजी आएर ल हस्ताक्षर गर्नुपर्यो भन्नुभयो। मैले गरे, तर एकघन्टाभित्रै मैले वहाँलाई फोन गरेर मेरो असहमति नै भनेकी हुँ ।,’

कोइरालाले ‘सबै दोष सभापति शेरबहादुर देउवालाई मात्रै दिएर हुदैन, दोष सबैको छ,’ उनले भनिन्, ‘शेरबहादुरजीले त आफ्ना सबै साथीहरुलाई एकजुट बनाएर राख्नुभएको छ। तर, हामीहरुको तिर त गुटैगुटमात्र छन्। त्यसभित्र पनि कसले कसलाई सिध्याउने भन्ने छ। त्यसैले म त बैठकहरुमा जान पनि छोडिसकेको छु।’

कोइरालाले होटल र रेस्टुरेन्टमा बसेर सिक्नेचर क्याम्पेनिङ गर्ने भन्दा पनि पार्टी अफिसमै बसेर सभापतिलाई राखेर छलफल गर्नु उपयुक्त हुने सुझाव दिनुभएको छ ।