Banking Khabar
ब्यानर न्युज

प्रचण्डको कटाक्ष: ‘ओलीका साइबर स्यालभन्दा बढी भगौडाले खरानी घसेको देख्दा लाज लाग्छ’

January 22, 2021
सेयर:

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केपी ओलीको पक्षमा लागेका पूर्वमाओवादी नेताहरुलाई भगौडाको आरोप लगाएका छन् ।

नेकपा प्रचण्ड-माधव नेपाल समूहद्वारा काठमाडौंमा आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको विरोध प्रदर्शनमा उनले यस्तो बताएका हुन् । भाषणका क्रममा प्रचण्डले भने,, ‘तपाईंहरुले थाहा पाउनुभएको छ, हिजो पूर्वमाओवादीका केही–केही फुट्ने, आउने–जाने गरेका केही चाहिँ अहिले खरानी घसेर चिन्नै नसकिने भएका छन् । केपीका ओरिजिनल साइबर स्यालभन्दा यी भगौडाहरुले यति धेरै खरानी घसेको देखेर मलाई लाजै लाग्या छ ।’

त्यसैगरी, ओलीका पछाडि राजावादीहरु पनि लागेको बताउँदै प्रचण्डले भने, ‘उनको पछि लाग्ने देख्नुभएको छ नि अनुहार तपाईहरुले । उनको पछि लाग्नेहरु हिजो ज्ञानेन्द्रका जोजो मान्छे थिए, तिनीहरु दौडिएका छन् अहिले ।’

ओलीको कदमलाई सही ठहर्‍याइयो भने शान्ति प्रक्रिया ‘डिरेल’ हुन्छ

अध्यक्ष  दाहालले यदि केपी ओलीको कदमलाई सही ठहर्याउने काम भयो भने शान्ति प्रक्रिया डिरेल हुने चेतावनी दिएका छन् ।

प्रचण्डले भने- यो देशमा फरि युद्ध होस, हिंसा होस, अराजकता होस भन्ने कसैले पनि चाहेको छैन । सम्मानित सर्वोच्च अदालतका सम्मानित न्यायाधिस कोही पनि फेरि द्वन्द्व चाहनुहुन्छ भन्ने कल्पना पनि गर्न सक्दिन । तर केपी ओलीको स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो भने… फेरि युद्धमा जाने, हिंसाको कुरा पनि छैन । शान्तिपूर्णरुपमा यसैगरि लाखौं लाख जनता उरालेर निरंकुशता सच्याउनेमा मेरो निरन्नर प्रयास भइराख्छ । तर केपीको निरंकुशतालाई प्रोत्साहित गर्ने काम भयो भने शान्तिप्रक्रिया डिरेल हुन्छ ।