Banking Khabar
ब्यानर न्युज

हिरासतबाट ट्वीट गर्दै झाँक्रीले भनिन्,’ओली सरकारविरूद्धको यो अन्तिम लडाइँ हो’

February 11, 2021
सेयर:

काठमाडौं । राज्यविरूद्धको कसुरमा पक्राउ परेकी नेकपाको दाहाल-नेपाल समूहकी नेतृ राममकुमारी झाँक्रीले ओली सरकारविरूद्धको यो अन्तिम लडाइँ भएको बताएकी छन्।

प्रहरीले हिरासतमा लिएको केहीबेरपछि ट्वीट गर्दै झाँक्रीले सबैलाई धैर्य गर्न पनि भनेकी छन्।

‘राज्यविरूद्धको कसुरअन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मीनभवनमा छु। सबै साथीहरूले धैर्य गर्नुहोला। यो अन्तिम लडाइँ हो। आफ्नो ठाउँमा डटौं,’ उनले ट्वीटमा भनेकी छन् ।