Banking Khabar
मुख्य समाचार

कांग्रेस र कम्युनिष्टसँग जनता वाक्कदिक्क भइसकेः कमल थापा

shilalekha
shilalekha
प्रकाशित: February 12, 2021
February 12, 2021
सेयर:

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ट र कांग्रेसको काम र व्यवहारबाट जनता वाक्क दिक्क भएको बताएका छन्।

संसद विघटन पश्चात् मुलुक थप अन्यौल र अस्थिरतातर्फ उन्मुख भएको भन्दै थापाले लोकतन्त्रको आवरणमा मुलुकमा लुटतन्त्र हाबी भएको बताए। शुक्रबार राप्रपाद्वारा हेटौंडा–५ मा आयोजित भेलालाई सम्बोधन गर्दै थापाले सर्वधर्म समभावसहितको सनातन धर्मको रक्षा अहिलेको आवश्यकता भएको विचार व्यक्त गर्दै धार्मिक द्वन्द चर्केर जाने खतराप्रति चिन्ता प्रकट गरे।

थापाले निर्वाचन प्रणाली खर्चिलो भएको, निष्ठा र इमानदारीताको राजनीति कमजोर हुँदै गएको भन्दै थापाले विकास र समृद्धिको सपनालाई २०६२र०६३ पछिको परिवर्तनले संस्थागत गर्नुको सट्टा चकनाचुर पारेको उनको टिप्पणी थियो।