Banking Khabar
ब्यानर न्युज

गङ्गामायाको जीवन रक्षा गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन

shilalekha
shilalekha
प्रकाशित: February 16, 2021
February 16, 2021
सेयर:

काठमाडौं । गङ्गामाया अधिकारीको जीवन रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ ।

आयोगको मंगलबार बसेको बैठकले छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीमाथी कारवाहीको माग राखी लामो समयदेखि अनसनरत अधिकारीको जीवन रक्षा गर्न आयोगले ३ बुँदे निर्देशन दिएको हो ।

जसमा आयोगको उच्चस्तरीय अनुगमनबाट गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था गम्भीर हुदैँ गएको पाइएको भन्दै आयोगले उनको उपचारको लागि आवश्यक विशेष व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

आयोगले गङ्गामाया अधिकारीको जीवन रक्षाको लागि न्यायको अनुभूति हुने गरी मानव अधिकारकर्मी सहितको उच्चस्तरीय कार्यदल गठन गरी यथाशीघ्र आवश्यक र उपयुक्त कदम चाल्न निर्देशन दिएको छ ।