Banking Khabar
ब्यानर न्युज

निर्वाचन आयोगद्वारा नेकपा दल खारेज,साविककै एमाले र माओवादी केन्द्र कायम(पत्रसहित)

shilalekha
shilalekha
प्रकाशित: March 9, 2021
March 9, 2021
सेयर:

काठमाडौं। निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको राजनीतिक दल खारेज गर्ने निर्णय गरेको छ।

आयोगको आज बसेको बैठकले खारेजीको जानकारी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” लाई गराउने निर्णय समेत गरेको छ।

बैठकले नेकपा एमाले र माओवादी केन्द्रलाई साविककै अवस्थामा कायम राखी सो जानकारी पनि ओली र प्रचण्डलाई दिने निर्णय गरेको छ।

नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भई २०७५ साल जेठ २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो। फागुन २३ गते सर्वोच्च अदालतले उक्त नाम ऋषि कट्टेलको नाममा रहेको कारण खारेज गरेपछि आयोगले पनि आज खारेजीको निर्णय गरेको हो।

निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ ।

मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो ।

हेर्नुहोस् निर्वाचन आयोगको निर्णय :