Banking Khabar
मुख्य समाचार

डेमोक्र्याटको तर्फबाट अमेरिकी उपराष्ट्रपतिको उम्मेदवार कमला ह्यारीस

August 12, 2020
सेयर:

काठमाडौं । अमेरिकाको उपराष्ट्रपति पदका लागि डेमोक्र्याट पार्टीका तर्फबाट सिनेटर कमला ह्यारिसलाई उम्मेदबार बनाइने भएको छ ।

डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले ह्यारिसलाई उम्मेदवार बनाउने घोषणा मंगलबार गरिएको हो । सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन् , “निडर लडाकूका रुपमा रहेकी र देशको सेवाका लागि सधैँ क्रियाशील रहेकी ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइने भएको छ ।”

सन् २०१६ मा भएको निर्वाचनमा ५५ वर्षीया ह्यारिस अमेरिकाको माथिल्लो सदन सिनेटमा निर्वाचित भएकी थिइन् । अफ्रिकी अमेरिकी महिला माथिल्लो सदनमा निर्वाचित भएका मध्ये उनी दोस्रो हुन । त्यस अगाडि उन क्यालिफोर्नियाको महान्यायाधिवक्ताको रुपमा कार्यरत हुन ।

बाइडेनले छनौट गरेसँगै उनी अमेरिकी इतिहासमा उपराष्ट्रपतिका लागि प्रतिस्पर्धा गर्ने तेस्रो महिला भएकी छन् ।यसअघि डेमोक्र्याटको तर्फबाट गेराल्डीन फेर्रारो सन् १९८४ मा उपराष्ट्रपतिको उम्मेदवार भएकी थिइन् भने त्यसपछि सन् २००८ मा रिपब्लीकनका तर्फबाट सराह पालिन उपराष्ट्रपतिका लागि चुनावी मैदानमा उत्रिएकी थिइन् ।

बाइडेनले ह्यारिस जस्तो प्रभावशाली, क्षमतावान र प्रतिबद्ध नेतृलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन पाउँदा निकै गौरब र खुशी लागेको बताएकी छन्। बाइडेनले ह्यारिस क्यालिफोर्नियाको महान्यायाधिवक्ता हुँदा आफ्नो दिवङ्गत छोरासँग मिलेर काम गरेको पनि सम्झना गरेकी छन् ।

भारतीयमूलकी ह्यारिसकी आमा भारतमा जन्मिएकी हुन भने बुबा जमैकामा जन्मिएका हुन ।अमेरिकामा अहिलेसम्म अश्वेत महिलाले उपराष्ट्रपति पदमा उम्मेदवारको टिकट पाएका छैनन् भने अहिलेसम्म महिला राष्ट्रपति चुनिन पनि सकेका छैनन् ।यसअघि राष्ट्रपतिकै उम्मेदवार बन्ने तयारी गरेकी ह्यारिस गत डिसेम्बरमा त्यस प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।