Banking Khabar
ब्यानर न्युज

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासहित चार मन्त्रीले लिए सपथ

July 13, 2021
सेयर:

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिएका छन्।

शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्। यस्तै चारजना मन्त्री पनि नियुक्त भएका छन् । नेपाली कांग्रेसका तर्फबाट बालकृष्ण खााँड गृहमन्त्री नियुक्त भएका छन्। त्यस्तै, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की नियुक्त भएका छन्।

त्यस्तै, माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनेका छन्। पम्फा भुसाल ऊर्जामन्त्री र शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन्।

राष्ट्रपति कार्यालयले मंगलबार दिउँसो विज्ञप्ती निकाल्दै संबिधानलाई उल्लेख नगरी सर्वोच्च अदालतको आदेशका आधारमा आफूलाई प्रधानमन्त्री नियुक्त गरिएको भनी निकालेको विज्ञप्तिलाई लिएर देउवाले आपत्ति जनाएका थिए।

उनले संविधानको धारा उल्लेख गरेर नयाँ विज्ञप्ति निकाल्नुपर्ने अडान लिएपछि सपथ ग्रहण निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको थियो।