Banking Khabar
ब्यानर न्युज

सरकार कृषि र कृषकहरुप्रति उदासिन: कांग्रेस

August 20, 2020
सेयर:

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले धान रोपाई सकिएको लामो समय वितिसक्दा पनि सरकारले कृषकहरुलाई युरिया,डिएपी लगायतका मल उपलब्ध गराउन नसकेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कांग्रेसद्वारा गठित कृषि तथा पशुपन्छी विकास मन्त्रालय समन्वय समिति संयोजक पद्म नारायण चौधरीले विहीबार प्रेस विज्ञप्ति जारी गरी समयमै मल उपलब्ध गराउनु नसक्नुले वर्तमान सरकार कृषि र कृषकहरुप्रति उदासिन रहेको प्रष्ट भएको बताउनुभयो ।

सरकारको यस किसिमका क्रियाकलापले कृषि र कृषकहरुलाई निरुसाहित गर्ने कार्य गरेको कांग्रेसको भनाई छ । सरकारी निकायको यस्तो गैरजिम्मेवार र लापरवाही प्रति गम्भीर अपात्ति प्रकट गरेको छ ।

गरिब किसानहरुले दुःखकष्टका साथ लगाएको धानबालीनाली पहेलिएको अवस्थामा समयमै मल नहाल्दा बाली विग्रीने, उत्पादनमा ह्रास आउने र भविष्यमा भोकमरी सृजना हुने अवस्थालाई ध्यानमा राखि सम्बन्धित सबै निकाय गम्भीर हुन जरुरी रहेको समिति संयोजक चौधरीको भनाइ छ ।

त्यसैगरी हिउँदे वालीको लागि कृषकलाई आवश्यक पर्ने मलको अभाव हुन नदिन पूर्व तयारी गर्न र गम्भीर हुनका काँग्रेसले सचेत गराएको छ ।
कांग्रेसले मल आयातमा भइरहेको ढिलाई तथा अनियमितताको समेत छानविन गरी दोषीमाथि कानूनी कारवाहीको माग गरेको छ ।