Banking Khabar
मनाेरञ्जन

क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोपमा नायिका प्रियंका कार्की सीआईबीको दायरामा

March 20, 2022
सेयर:

काठमाडौं । चलचित्र नायिका प्रियंका कार्कीमाथि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।
डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा ब्युरोले उनलाई अनुसन्धानको दायरमा ल्याएको ब्युरोका एक जना उच्च अधिकृतले जानकारी दिए ।

आइतबार उनलाई ब्युरोमा बोलाइएको छ । उनको बयान भइरहेको ब्युरोका ती अधिकृतले बताए । केही समयअघि सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर उनले भनेकी थिइन्–‘क्रिप्टोकरेन्सी मा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस् ।’ नेपाल राष्ट्रबैंकले क्रिप्टोकरेन्सी गैह्र कानुनी रहेको भन्दै त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने चेतावनी दिएको छ ।