Banking Khabar
ब्यानर न्युज

नेपालगञ्ज उपमहानगरमा कांग्रेसका उम्मेदवार प्रशान्त विष्ट दोब्बर मतले अघि

May 17, 2022
सेयर:

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका प्रशान्त विष्ट दोब्बर मतान्तरले अघि छन्।

पछिल्लो मतपरिणाम अनुसार विष्टले १० हजार १२७ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका पशुपति दयाल मिश्रले ५ हजार १९८ मत प्राप्त गरेका छन्।

मिश्राको भन्दा विष्टको मत दोब्बर बढी छ। त्यहाँ राप्रपाका उम्मेदवार नन्दलाल वैश्यले ४ हजार ७२ मत प्राप्त गरेका छन्। त्यस्तै उपप्रमुखमा पनि गठबन्धनबाट जसपाकी उम्मेदवार कमरुद्धिन राईले ८ हजार ४५३ मत प्राप्त गरेकी छन्।