Banking Khabar
ब्यानर न्युज

काउन्सिलको परिक्षामा छोरा तिन पटक फेल भएपछि गंगा चौधरीले भनिन्-मेडिकल काउन्सिलमा कमिसनको खेल

June 13, 2022
सेयर:

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको नाम दर्ता (लाइसेन्स) परीक्षामा आफ्ना छोरा फेल भएपछि एमाले सांसद गंगा चौधरीले मेडिकल काउन्सिलमा कमिसनको खेल भएको आरोप लगाएकी छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै उनले मेडिकल काउन्सिलको कमिसनको खेलले डाक्टरहरु लाइसेन्स परीक्षामा फेल भइरहेको आरोप लगाएकी हुन्।

काउन्सिल स्रोतका अनुसार चौधरीका छोरा लाइसेन्स परीक्षामा तीनपटक फेल भएका छन्। बंगलादेशमा पढेर आएका चौधरीको छोराले लाइसेन्स परीक्षामा पटक(पटक नाम निकाल्न नसकेपछि सांसद चौधरीले नाम निकालिदिन भन्दै दबाब दिँदै आएकी थिइन्।

ुउहाँको छोरा लाइसेन्स परीक्षामा तीन पटक फेल हुनु भयो। त्यसपछि उहाँले धेरैतिरबाट छोराको नाम निकाल्न भन्दै दबाब दिनुभएको थियोु, स्रोतले भन्यो, ुछोराको नाम ननिस्केपछि अहिले उहाँले संसदमा काउन्सिलमाथि गम्भीर आरोप लगाउनु भएछ।ु

आफ्ना छोरा पटकपटक डाक्टरको लाइसेन्स परीक्षामा फेल भएपछि उनले संसदमै मेडिकल काउन्सिलमा कमिसनको खेल भएको आरोप लगाएकी हुन्।

उनले भनिन्, ‘एउटै तहको परीक्षामा बिहान एउटा, दिउसो अर्को र बेलुकै अर्कै खालको पेपर आउँछ। दुस्ख गरेर डाक्टर बनेकाहरु फेल हुन्छन्। ती पीडितको दुखमा मेडिकल काउन्सिल रमाइरहेको छ।’