Banking Khabar
ब्यानर न्युज

नेपालमा कोरोना संक्रमणबाट पहिलोपटक स्वास्थ्यकर्मीको मृत्यु

August 31, 2020
सेयर:

काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ । महोत्तरीको मनरा सिसवा–४ का ३७ वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं ल्याउने क्रममा भदौ १० गते बाटैमा मृत्यु भएको हो।
अस्पतालमा मृतक स्वास्थ्यकर्मीको स्वाब संकलन गरेपछि सोही दिन शव महोत्तरी पठाइएको थियो। उहाँको रिपोर्ट पोजेटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।

मृतक स्वास्थ्यकर्मीको त्यही दिन नै अन्त्येष्टि गरिएको थियो। मृतक स्वास्थ्यकर्मीको श्रीमतीलाई पनि कोरोना संक्रमण देखिएको छ। श्रीमतीको बयोधा अस्पतालमा उपचार भइरहेको छ।