Banking Khabar
अदालत

नेपाल बारले दियो प्रधानन्यायाधीशलाई १५ दिने अल्टिमेटम

October 22, 2021
सेयर:

काठमाडौँ । नेपाल बार एशोसिएसनले गोला प्रथाबाट मुद्दाहरुको पेशी तोक्ने कार्य सुरु गर्ने कार्यतालिका र प्रतिबद्धता १५ दिनभित्र दिन प्रधानन्यायाधीशलाई अल्टिमेटम दिएको छ।

शुक्रबार बसेको नेपाल बारको बैठकले प्रधानन्याधीश चालेन्द्र शमशेर राणालाई आफ्नै पूर्वप्रतिबद्धता सम्झाउँदै १५ दिनभित्र ठोस तयारी थाल्न आग्रह गरेको हो।

अदालतहरुमा स्वचालित प्रणालीबाट पेशी तोकिनु पर्ने र उक्त प्रणाली सुरु गर्न समय लाग्ने भएकाले तत्काल गोला प्रथा ९राफल० प्रणालीको अबलम्बन गर्न सर्वोच्चले नै गठन गरेका अध्ययन समिति र बारले सुझाउँदै आएका छन्।

न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको अध्ययन समितिले प्रतिवेदन दिएपछि प्रधानन्यायाधीश राणाले कात्तिक १ गतेदेखि गोलाप्रथामा जाने प्रतिबद्धता बारका प्रतिनिधिहरुसँग गरेका थिए।

अहिले सर्वोच्चमा प्रधानन्यायाधीश, उच्च र जिल्ला अदालतमा मुख्य न्यायाधीशले मुद्दाको पेशी तोक्दै आएका छन्। पेशी तोक्ने कामलाई प्रधानन्यायाधीशरमुख्यन्यायाधीशको स्वविवेकीय अधिकार मानिए पनि त्यसले न्यायमा विकृत ल्याएको ठहर अध्ययन समितिहरुले गरेका छन्।