Banking Khabar
अदालत

संवैधानिक इजलास छोडेका न्यायाधीश कार्की र भट्टराईको रायः’संसद विघटनको मुद्दा नेकपा विवादकै उपउत्पादन हो’

June 1, 2021
सेयर:

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटको सुनुवाइ गर्न बसेको संवैधानिक इजलासका दुई न्यायाधीशमाथि प्रश्न उठेपछि अरू दुई न्यायाधीशले इजलास छोडेका छन्।

नेकपा छुट्याउने फैसला गरेका न्यायाधीश बमकुमार श्रेष्ठ र उक्त फैसला पुनरावलोकन नहुने निर्णय दिएका तेजबहादुर केसीले निष्पक्ष सुनुवाइ गर्न नसक्ने भन्दै प्रश्न उठाएपछि त्यसबारे निर्णय गर्न आइतबार इजलास उठेको थियो।

दुबै न्यायाधीशले उक्त मुद्दा र प्रतिनिधि सभा विघटनविरूद्धको मुद्दाको सार्थक सरोकार नभएको भन्दै आफूहरू इजलासबाट नबाहिरिने निर्णय गरेका थिए।

उनीहरूले नबाहिरिने भनेपछि न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले भने आफूहरू अलग हुने निर्णय गरेका छन्। फैसला गरे पनि न्याय गरेको देखिनु पर्ने, आफ्नो निष्पक्षता आंशकामा परेमात्र पनि न्यायाधीशले उक्त मुद्दाबाट आफूलाई अलग गर्नु पर्नेलगायतका आधार देखाउँदै उनीहरूले केसी र श्रेष्ठ नबाहिरिए आफैं बाहिरिने निर्णय गरेका हुन्।

हेर्नुहोस् (पूर्णपाठ) :