Banking Khabar
अदालत

‘अदालतले गर्ने फैसलालबाट सवै जनतालाई खुशी बनाउन सकिदैन् ‘:प्रधानन्यायाधीश राणा

August 11, 2021
सेयर:

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले न्यायलयको फैसला सधै डिबेटमा जाने बताएका छन् ।
बुधबार न्याय परिषदको २८ औं परिषद दिवसका अवसरमा बोल्दै प्रधानन्यायाधीश जवराले न्यायलयका फैसला न्यायको सिद्धान्तबाट हुने भएकाले फैसलाले सधै जनतालाई खुसी बनाउन नसकिने बताए ।

प्रधानन्यायाधीश जवराले  न्यायपालिकाले जहिले पनि समाजलाई हेरेर फैसला गरिरहने हुनाले यसलाई दोष दिने ठाउँ नरहेको बताए। धानन्यायाधीश राणाले भने  ‘न्यायपालिकाले गर्ने सबै फैसलाहरु समाज र नागरिकसँग अभिप्रेरित हुन्छ। र, समाजलाई हेरेर नै जहिले पनि न्यायपालिकाले फैसला गरिरहेको हुन्छ। न्यायपालिकालाई निरन्तर अघि बढिरहन दिनुपर्दछ,’ प्रधानन्यायाधीश राणाले भने, ‘न्यायपालिकालाई दोष पनि दिनुहुन्न। यो आफैं महत्त्वपूर्ण निकाय हो। यसले नागरिकलाई जहिले पनि मागनिर्देशन गर्दछ। नागरिकभित्र देशका सबै नागरिक राष्ट्रपतिदेखि सबै पर्दछन्। देशका सबै निकायहरु यसै अन्तर्गत पर्दछन्।’ प्रधानन्यायाधीश राणाले आफूले कहिल्यै पनि दबाब र प्रभावमा परेर फैसला गर्ने नगरेको दाबीसमेत गरे।

यस्तै प्रधानन्यायाधीश जवराले न्यायधिस नियुक्तिको विवाद समाधान गर्न न्याय परिषदलाई संरचना सुधार्नुपर्ने धारणा राखे ।

यस्तै प्र्रधानन्यायाधीश जवराले संवैधानिक इजलासमा वेन्च गठनको विषयमा पनि आफ्नो धारणा राखेका छन् । न्याधिस जवराले आफुले वरिष्ठताका आधारमा बेन्च गठन गर्ने विषयलाई आफुले स्विकार गरेको बताए ।
भदौ १६ देखि लागु हुनेगरी जिल्ला र उच्च अदालतमा अटोमेसन सिस्टमबाट पेशी चढाउनका लागि निर्देशन पनि गरेको जानकारी दिनुभयो ।